Jasai Kesh Timile - Aavaas
जसै केश तिमीले - आभास
Lyrics
Nepali
Transliterated

जसै केश तिमीले फुकायौ
हावा गजबसँग लहरायो
जिन्दगीले हेर मुस्कुरायो
तिमी कौसीमा आई उभियौ
कसैले त्यो झ्याल उघार्यो
जिन्दगीले हेर मुस्कुरायो

कलकल झरनामा तिमी नुहायौ
जस्तो पहाड झरीमा नुहायो
घाम ताप्दा कलिलो त्यो दिनमा
जिन्दगी नै तिमीलाई सुहायो
तिमी बारीको डिलमा उभियौ
तिम्रो आँचल हावाले उडायो
जिन्दगीले हेर मुस्कुरायो

भर्खर लाएकी चोली र सारी
सबै हेर्छन तिमीलाई निहारी
एकछिन पर्ख नपुछ है मुहार
पसिनाले तिमीलाई सुहायो
जसै डोरीमा रुमाल सुकायौ
अधीर भई त्यो फर्फरायो
जिन्दगीले हेर मुस्कुरायो