Jati Herchhu - Badri Durga Kharel
Recorded live during 'Paleti with Badri Durga Kharel - July 2008'

शब्द: नोर्देन रुम्बा
Lyrics
Nepali
Transliterated

जति हेर्छु चौरतिर, उति लाग्छ लड़ाई जस्तो
हरेक पहाड नै देख्दछु, घाइत सिपाही जातो

तरुनीको लाजसितै सिउँदो डढेको देख्छु
कोपिलामै बालकहरूको सपना सढेको देख्छु
बाटो खोज्दै आएका कोही माटो खोज्दै आएका
मैले चिनेकाहरू सबै मृत लडेको देख्छु

फुल्न नपाई फूल यहाँ सबै सुकेको भेट्छु
मुटुभरि खाडल खनेर सबै लुकेको देख्छु
आभा हुरायो, भन्छन्, कोही आत्मा हरायो भन्छन्
भेट्छु सबै हारेकाहरू अनुहार झुकेको भेट्छु