जति सम्झन्छु मेरो यात्रा, पाइलाहरू लर्खरिन्छन्
जहाँ टेक्छु आस्था खोज्दै, पाईलैभरि काँड़ा बिझ्छन्
नेत्रहीन छु के नै थाहा लाली गुराँस कस्तो हुन्छ
औंसीको रात मेरो जीवन, जूनेली रात कस्तो हुन्छ
जति सोच्छु वरपर आँसुहरू झरिदिन्छन्
जहाँ पुग्छु हात भाग्दै सबै सबै भागिदिन्छन्
के थ्यो कर्म मेरो अघि केको पाप यस्तो मलाई
आफ्नै मुटु पोल्छ किन लाश बनाई व्यथा मलाई
जति खोज्छु मेरो भूलहरू चारैतिर शून्य हुन्छन्
जहाँ पुग्छु आधार खोज्दै निराशाले पाइला छेक्छन्