Jeevan Bhar - Aavaas
जीवन भर - आभास
Recorded live during 'Paleti with Aavaas: Paleti Series: Musical Journey of Aavaas - March 2019'

गायक: आभास
सङ्गीत: आभास
शब्द: विप्लब प्रतिक
पलेँटीका संयोजक- आभास आफूलाई नेपाली आधुनिक संगीतको विद्यार्थी भन्न रुचाउँछन् साथै संगीतमा नयाँ प्रयोग उनको रुचीको विषय हो । गीतकार विप्लव प्रतिकको यो गीतलाई उनले हाल कम चल्तिमा रहेको झपतालमा बाँधेका छन्
Lyrics
Nepali
Transliterated
Translated

जीवन भर टिठ्याइरह्यो मलाई जिन्दगीले
सपना मेरो च्यातिरह्यो पागल जिन्दगीले

खुशीहरु सिमल भइ कता–कता उडिरहे
वेदना यी पीपल बनी मुटुभित्र गडिरहे
बैँस मेरो चोरिरह्यो निष्ठुर जिन्दगीले
सपना मेरो च्यातिरह्यो पागल जिन्दगीले

अघि बढ्दा खाडलहरु वरिपरि फैलिरहे
यातनाका बादलहरु कलेजीमा दुखिरहे
भाग्य मेरो फोरिरह्यो कठोर जिन्दगीले
सपना मेरो च्यातिरह्यो पागल जिन्दगीले