Jeevan Huriko Geet - Phatteman
जीवन हुरीको गीत - फत्तेमान
Recorded live during 'Paleti with Phatteman - May 2007'
Lyrics
Nepali
Transliterated

जीवन हुरीको गीत हो भने जसरी पनि गाउनै पर्छ
सुखी मिलेन भने हामी दुखी दुखी नै मिल्नु पर्छ

चोट बेग्ला बेग्लै होला पीडा एउटै हाम्रो
खोट बेग्ला बेग्लै होला वियोग एउटै हाम्रो
त्यसैले पतझड तिमीकहाँ छाउँदा मेरा पातहरू झर्छन्
जीवन हुरीको गीत हो भने जसरी पनि गाउनै पर्छ
सुखी मिलेन भने हामी दुखी दुखी नै मिल्नु पर्छ

तिम्रो देश यहाँ नहोला धर्ती एउटै हाम्रो
तिम्रो मुहार बेग्लै होला आँसु एउटै हाम्रो
त्यसैले भईँचालो तिमीकहाँ चल्दा मेरा घरहरू गिर्छन्
जीवन हुरीको गीत हो भने जसरी पनि गाउनै पर्छ
सुखी मिलेन भने हामी दुखी दुखी नै मिल्नु पर्छ