झरेको पातझैँ भयो, उजाड मेरो जिन्दगी
निभेको दीपझैँ भयो, उदास मेरो जिन्दगी
चुरा फुटे सरि भयो, चराहरु उडी गए
हजार कोपिलाहरु नमुस्कुराउँदै झरे
उठेको बस्तीझैँ भयो, प्रवास मेरो जिन्दगी
बिहान जो खुसी थियो, जलेर साँझ भैसक्यो
भिजेको पात पातमा निषादको कथा थियो
अँधेरी रातझैँ भयो, बिषाद मेरो जिन्दगी
जलिरहेछ लाशभित्र भित्र कहिँ छातीमा
टुटे-फुटेका स्वोप्नझैँ, अँध्यारो मात्र छातीमा
जीवन बगर सरि भयो, उराठ मेरो जिन्दगी