Jharyo Jindagi - Yogendra Upadhyay
झर्‍यो जिन्दगी - योगेन्द्र उपाध्याय
Recorded live during 'Paleti with Kali Prasad Rijal: Paleti with Songs and Poems of Kali Prasad Rijal - September 2019'
Singer: Yogendra Upadhyay
Composer: Narayan Gopal
Lyricist: Kali Prasad Rijal
Original Singer: Narayan Gopal

गायक: योगेन्द्र उपाध्याय
सङ्गीत: नारायण गोपाल
शब्द: काली प्रसाद रिजाल
मूल गायन: नारायण गोपाल
Lyrics
Nepali
Transliterated

झर्‍यो जिन्दगी फुट्यो जिन्दगी
छल्केर आँखामा बग्यो जिन्दगी

काँडामा हाँसेको मिठो जिन्दगी
सपनीमा नाचेको झूटो जिन्दगी
रहरको दहमा डुब्यो जिन्दगी
झर्‍यो जिन्दगी फुट्यो जिन्दगी

पीरले भरेको खाली जिन्दगी
विरहीले रुवाएको प्यारो जिन्दगी
आज आफ्नै छातीमा दुख्यो जिन्दगी
झर्‍यो जिन्दगी फुट्यो जिन्दगी