Jindagilai Geet Hoina - Suraj Kumar Thapa
जिन्दगीलाई जीत होइन - सुरज कुमार थापा
Composer: Jayadev
Lyricist: Kiran Kharel
Original Singer: Manna Dey

सङ्गीत: जयदेव
मूल गायन: मन्ना डे
Lyrics
Nepali
Transliterated

हेर धर्ति डगमगाई दिलमा ज्वाला गुम्सिएर
जून जल्दै छटपटाई तारा देखि तर्सिएर

जीन्दगीलाई जित होइन हारले स्वागत गरि
हिड्दछे ऊ फूल होइन आँसुका मोती छरी

लक्षिण कि मुर्ति आज पथ्थर झैं फालिन्छे
दुश्मन यो दुनियाँलाई प्यार गर्दै छाडी दिन्छे
बाँझो भयो संसार यो बिझाउने मान्छेहरु
बसन्त नै बिधुवा भई आगो भए फूलहरु

कति मायाँ कति मोह उसले यहाँ रोपेकी थिई
कति मर्म कति पिडा उसले मनमै छोपेकी थिई
आज एउटी देबी जल्छे मन्दिरकै नाता तोडी
आज एउटी नारी जान्छे आफ्नै छायाँ लाई छोडी

हाँसी खेली यहि धुलोमा उसले बाँच्न चाहेकी थिई
मानिसले मानिसकै एक मुट्ठी प्रेम मागेकी थिई
सिउँदोको सिन्दुर मात्र होइन उसको मेटिएको
देखिदैन किन्तु उसको हृदय नै छ रेटिएको

Singer - Manna Dey
Music - Jaydev
Lyrics - Kiran Kharel
Movie: Maiti Ghar (1966)