Joon Jasto - Meena Niraula
जून जस्तो - मीना निरौला
Recorded live during 'Paleti with Ram Man 'Trishit' - July 2009'
Singer: Meena Niraula
Composer: Shiva Shankar
Original Singer: Meera Rana

सङ्गीत: शिव शंकर
मूल गायन: मीरा राणा
गीतकार राममान तृषितको पलेँटी साँझ एक अद्वितीय क्षण थियो । जहाँ गायक फत्तेमान र योगेश वैद्यसमेत गायनमा समावेश भएर तृषितप्रति प्रेम दर्शाउनु भएको थियो । पलेँटी कलाकार मीनाले तिनै अग्रजहरूको सामु यो गायन प्रस्तुत गरेकी थिइन् ।
Lyrics
Nepali
Transliterated

जून जस्तो तिम्रो माया, फूल जस्तो तिम्रो माया
त्यो पूर्नेको रातमै बिलायो, बसन्तको हातमै बिलायो

सम्झिराख्नलाई छैन तिम्रा वाचा गीतहरू
हारभन्दा नमिठा छन् तिम्ले देका जीतहरू
पर्खाइ मेरो तिम्रो व्यर्थैको कामना यो
कामना छ मलाई बरू मेरो आफ्नै वेदना

स्वप्नलाई आँखाबाट खसालेर जाँदै छु म
दुःखमा पनि हाँस्ने बानी बसालेर जाँदै छु म
किनारामा डुबी सकेँ गहिराईको केको रहर
यस्तो लाग्छ छातिबाट मुटु पनि पर पर