Kaha Gayo Hola - Kunti Moktan
कहाँ गयो होला - कुन्ती मोक्तान
Recorded live during 'Paleti with Kunti Moktan and Shila Bahadur Moktan - December 2012'

शब्द: काली प्रसाद रिजाल
पलेँटीमा सामाजिक विषयका गीतलाई पनि समेट्ने चलन भएको जानकारी पाएपछि कुन्ति-शीलाको जोडीले आफ्नो डायरीमा रहेको यो गीतको पन्ना पल्टाउनु भएको थियो....
Lyrics
Nepali
Transliterated
Translated

कहाँ गयो होला त्यो भीरगाउँले बूढो
त्यो बारी खन्ने सबको
भारी बोक्ने बूढो

पहाडमा घर छ सबै छन् भन्थ्यो
छोरा बुहारीले सहेनन् भन्थ्यो
दिएको लिन्थ्यो सघाई दिन्थ्यो
हाँसी दिन्थ्यो कहिलेकाँही रून्थ्यो

बीरेको तेह्रदिनमा त्यो देखिएन
टारीको रोपाईमा नि त्यो थिएन
सानीको डोली अरुले नै बोके
आउँदा जाँदा नि कतै भेटिएन
थला पर्‍यो कि बरै माटोले पुर्‍यो