Kahilekahain Ma Haschhu - CK Rasaili
कहिलेकाहीँ म हाँस्छु - सिके रसाइली
Recorded live during 'Paleti with CK Rasaili - April 2013'
Singer: CK Rasaili
Composer: CK Rasaili
Lyricist: Neer Shah
Original Singer: Narayan Gopal

सङ्गीत: सिके रसाइली
शब्द: नीर शाह
मूल गायन: नारायण गोपाल
Lyrics
Nepali
Transliterated

कहिलेकाहीँ म हाँस्छु
धेरै बेर हाँस्छु
जो हाँसी रहेछन्
केवल उनिहरूको
उनिहरुको माझ हाँस्छु
कहिलेकाहीँ म हाँस्छु
धेरै बेर हाँस्छु

न त कहिले कसैले सोधे
न त मैले कसैलाई सुनाएँ
आफ्ना जीवनका पीडाहरूलाई
कहिले काँही रिसाउँछु
आगो भई रिसाउँछु
जो अत्याचार गरिरहेछन् केवल उनिहरु
उनिहरूसित रिसाउँछु

सँधै अपुरो भइरह्यो
अधुरो रहिरह्यो
आफ्नो जीवनका लक्ष्यहरू सारा
कहिले काँही म पिउँछु
तर धेरै पिउँछु
जो होस हराउन खोज्छन्
केवल उनिहरूसित पिउँछु

शब्दः- नीर शाह
संगीतः- सी. के. रसाइली
मूल गायनः- नारण गोपाल
पलेँटीमाः- सी.के. रसाइली