Kaina Pheri - Suraj Kumar Thapa
Composer: Norbu Chhiring
Original Singer: Bhaktaraj Acharya

सङ्गीत: नोर्बु छिरिङ
मूल गायन: भक्तराज आचार्य
Lyrics
Nepali
Transliterated

किन फेरि माया सम्झी चर्किन्छ तन
अँध्यारो यो आँखाभरि फैलिन्छ झन

गल्तीले हो कि आघात किन पर्छ छातीमा
कमलो मनको विश्वास किन उठ्छ आँधीमा
शरदको बादलसरी उराठ भो जीवन
अँध्यारो यो आँखाभरी फैलिन्छ झन

काँडाको छेकामा अल्झी किन बढ्छ छटपटी
भाग्यरेखामा पहिरो किन जान्छ हरघडी
सम्झनाको भूमरीमा निसासिन्छ मन
अँध्यारो यो आँखाभरी फैलिन्छ झन