Kanchan (Bhajan) - Deepak Kharel
कञ्चन (भजन) - दिपक खरेल
Recorded live during 'Paleti with Deepak Kharel - May 2013'
Singer: Deepak Kharel
Composer: Kiran Kandel
Lyricist: Bharati Kharel

सङ्गीत: किरण कडेँल
शब्द: भारती खरेल
Lyrics
Nepali
Transliterated

ब्रह्मानंदम परम सुखदम, केवलम् ज्ञानमूर्तीम् ।
द्वंद्वातीतम् गगन सदृशं । तत्वमस्यादि लक्षम ।
एकं नित्यं विमल मचलं सर्वाधी साक्षीभुतम ।
भावातीतं त्रिगुण रहितम् सदगुरुं तं नमामी ॥

कञ्चन कञ्चन निर्मल निर्मल
सजिल छवि श्री चरणको
पाई दर्शन उत्फुल्लित भई
झुम्यो आज मेरो मन
हे सर्वेश्वर भगवन
हे मेरो प्यारो भगवन

अनुकणदेखि पूर्ण ब्रहमाण्डमा
सर्व व्यापक मालिक प्रभू नै
बिद्यामान छन्
मन मन्दिरको हृदय कुञ्जमा
हिरमय ज्योती प्रज्वलित गर्ने
मैसँग मेरा आत्मेश्वर छन्
हे सर्वेश्वर भगवन
हे मेरो प्यारो भगवन

पञ्चतत्वको नाशो यो तन्
खण्ड खण्ड गरी सबमा बाडँन तत्पर छु
सुख सम्पति यो वैभव सारा
वितरण गर्न तत्पर छु
तर सकल शान्तिको अपरिमित धन
छोड्न मान्दैन आज मेरो मन
सर्वेश्वरको औधि
विचित्रको सलिल खेलहरु हेरिरहु लाग्छ
आज मेरो यो मन

कञ्चन कञ्चन निर्मल निर्मल
सजिल छवि श्री चरणको
पाई दर्शन उत्फुल्लित भई
झुम्यो आज मेरो मन
हे सर्वेश्वर भगवन
हे मेरो प्यारो भगवन