Kata Kata Dukhi Baschha - Pratap Subba
कता कता दुखी बस्छ - प्रताप सुब्बा
Singer: Pratap Subba
Composer: Pratap Subba
Lyricist: M.B. Toyo

शब्द: एम.बि. तोयो
Lyrics
Nepali
Transliterated

कता कता दुखी बस्छ बिरहमा घाउ
काँहा होला पीर बस्ने बेदनाका गाँउ

काँडासंगै हुर्किएको कोमल मेरो मुटु
फाटी जाला भन्ने डर जोगाई राँखु कहाँ
जताततै भरी देख्छु कता टेकुँ पाउ

आँधी हुरी बन्छ यो मन न्यानो साथ छैन
कसलाई देखाउँ जलनहरु शीत्तल हात छैन
पाईएन कतै पनी जीवन राख्ने ठाँउ

मुस्कानमा थाहा नपाई आँशु छिपे जस्तो
बहकिन्छ शुन्य मन श्राप पाए जस्तो
चारैतिर बिराना छन काहाँ साइनो लाउँ