Kati Bagyo Kati - Daisy Baraili
कति बग्यो कति - डेजी बराइली
Recorded live during 'Paleti with Daisy Baraili - April 2010'
Singer: Daisy Baraili
Composer: Chandan Lomjel
Lyricist: Norden Rumba

शब्द: नोर्देन रुम्बा
Lyrics
Nepali
Transliterated

कति बग्यो कति बग्यो पुलमुनि पानी रेसम
आशैआशमा बितेछ यो हो, छोटो जिन्दगानी रेसम
कति बग्यो कति बग्यो

दिन उठ्यो रात टुटुट्यो धेरै धेरै साथ छुट्यो
पारि डाँडा फुलै फुल्यो वारि मनको चुरा फुट्यो
हात जोडी देउरालीमा
दुईटा फूल राखें मैले
भाग्य तर
कति साह्रो रै छ बैमानि रेसम
कति बग्यो कति बग्यो पुलमुनि पानी रेसम
आशै आशमा बितेछ यो हो, छोटो जिन्दगानि रेसम
कति बग्यो कति बग्यो

किन दियो बिधाताले चित्तभरि रित्तो माया
सानो मेरो संसारमा कति धेरै राम छाया
कति सोधूँ ईन्द्रेणिलाई
जिन्दगीको कथा मैले
धेरै सहेँ
छातिभरि भरि घाम पानी रेसम
कति बग्यो कति बग्यो पुलमुनि पानी रेसम
आशै आशमा बितेछ यो हो, छोटो जिन्दगानि रेसम
कति बग्यो कति बग्यो