Kati Khola Bagisake - Phatteman
कति खोला बगिसके - फत्तेमान
Recorded live during 'Paleti with Phatteman - January 2009'
Singer: Phatteman
Composer: Amber Gurung
Lyricist: Ishwor Ballav

सङ्गीत: अम्बर गुरुङ
शब्द: ईश्वर बल्लभ
नेपालय र गायक फत्तेमानको सांगीतिक सहकार्य सन् २००२ मा आरम्भ भएको हो । एकल साँझबाट शुरु भएको यी गायकसँगको सहयात्रा पलेँटी मार्फत पनि जीवनभर निरन्तर रह्यो । त्यसक्रममा उनका स्मृतिबाट समेत धुमिल भएका सृजना पनि फेला परे । संगीतकार अम्बर गुरुङ र गीतकार ईश्वर बल्लभको यो कृति त्यही लहरको सृजना हो ।
Lyrics
Nepali
Transliterated
Translated

कति खोला बगिसके किन सुक्छ मन बरी लै
हिउँ बनी जमिसके कति रात मेरो बरी लै

कति माया लाए पनि कति माया बिर्सें 
मैले हेरें शिखरमा कति साँझ देखें 
र त मेरो सपनालाई गीत भनी लेखें
जिन्दगीका सुखहरू चूर नै चूर छ पीर बरी लै
हारिसकें कतिखेर पीर न सुर्ताबीच बरी लै

जुन बाटो होइन भन्थें पाइला त्यहीँ गए
जुन मैले टाढा भन्थें त्यही मित्र भए
खोज्दाखोज्दै साथीहरू एक्लो भइसकें
कति सुत्दा रातहरू पीर नै पीरको घाम बरी लै
मलाई सधैं बिर्सिदिने बैगुनीको प्यार बरी लै