Ke Bhanau - Kumar Subba
Recorded live during 'Paleti with Kumar Subba - May 2008'
Singer: Kumar Subba
Composer: Durga Kharel
Lyricist: Durga Kharel

सङ्गीत: दुर्गा खरेल
शब्द: दुर्गा खरेल
Lyrics
Nepali
Transliterated

के भनौं तिमी मेरो जीवनको मधुमास भयौ
पतझड नआइ जीवनमा मेरो जीवनको आभास भयौ

सबै भन्दछन् मेरो नजर तिम्रो आँखाको ज्योति हो
अरु भन्दछन् मेरो नजर तिम्रो साँझको लाली हो
तिमी विनाको संसार मेरो रुखोरुखो एक बगर हो
के भनौं तिमी मेरो शरदको आकाश भयौ
के भनौं...

मैले बाँचेका सारा खुसी तिम्रो खुसीको मुहान हो
मैले साँचेका सारा खुसी तिम्रो मायाको वरदान हो
लाग्छ जीवन तिमी बिना शिशिरको रात हो
के भनौं तिमी मेरो वसन्ती बतास भयौ
के भनौं...