जहाँ गएनी जे परे पनि माइत जस्तो हुँदैन कहीँ पनि
के खोली धाउनु नि के पानी हाल्नु नि सुकेको दिदी पातैलाई
फर्सिको भेट्नु नि के मरि मेट्नु नि मर्दको है दिदी जातैलाई
के खोली धाउनु नि
नमर्नु दियो नि न बाँच्नु दियो नि मेरो त निष्ठुरी मायाले
घरैको घरमा नि बीस वर्ष लियो नि यै पापी घाम र छायाँले
मयाको भर म पर्दिन बरु कालैको भरमा परुँला
बाँचुञ्जेलसम्म नि कुमारी बसे नि त्यही भाका गाउदै मरुँला
के खोली धाउनु नि
नसाच्नु रै’छ नि दुईदिने जोवन अर्काको दया र आशैैमा
नमाग्नु रै’छ नि काँडाको माया नि फूलैले मुटुको माझैमा
बैरीको जालैमा परे नि बरु मायाको जालमा नपरे
बाडुली जत्तीनी लागेमा पनि नि सम्झेर रुने काम नगरे
के खोली धाउनु नि