Kehi Lyauna Sakina - Prakash Gurung
केही ल्याउन सकिन - प्रकाश गुरुङ
Recorded live during 'Paleti with Prakash Gurung - October 2006'
Composer: Prakash Gurung
Lyricist: Shiva Shankar Thapa

शब्द: शिव शंकर थापा
Lyrics
Nepali
Transliterated
Translated

केही ल्याउन सकिनँ मैले
मेरो अंगालोमा बाँधेर
केही गर्न सकिनँ मैले
तिम्रो सपनीमा आएर

रित्तो हात थापेँ भने
सगरलाई थाम्छु भन्थेँ    
तिम्रो बाटो आयो भने
पहाडलाई ढाल्छु भन्थेँ 
माफ गर केही गर्न सकिनँ मैले
तिम्रो सपनीमा आएर

मर्नेलाई आँशु दिएँ
बाँच्नेलाई माया गरेँ
के पो दिनु रित्तो छु म
सम्झिनेलाई सम्झी दिएँ 
माफ गर केही बोल्न सकिनँ मैले
मेरो परिभाषा भनेर