Khoje Matra - Aavaas
खोजे मात्र - आभास
Recorded live during 'Paleti with Aavaas: Paleti Series: Musical Journey of Aavaas - March 2019'
Lyrics
Nepali
Transliterated

खोजे मात्र सोधे मात्र नपाइने के छ यहाँ
पाइँदैन मात्र एउटा जीवन यो फेरि यहाँ

पहाड पर्वत उभिएका हिमाल हेर कस्तो कञ्चन
जीवनलाई गीत कविता अरू पनि केके भन्छन्
तिमीलाई भित्री कुरा अरूलाई भन्छु कहाँ
पाइँदैन मात्र एउटा..........

तिमी पढ किताब हुँ म हेर म हुँ दर्पण पनि
सामुन्ने छु भन मलाई जे जे भन्न परे पनि
कति सरल छ यो कुरा बुझ्न कति गाह्रो यहाँ
पाइँदैन मात्र एउटा..........

घाम हो कि रामछाया त्यो त तिमी आफै जान
भन्ने मात्र भार मेरो तिमी मान या नमान
आज मात्रै सँगै हामी भोलि हुन्छौँ कहाँ–कहाँ
पाइँदैन मात्र एउटा.........