Khoji Rahechhu - Pawan Gole
खोजीरहेछु - पवन गोले
Singer: Pawan Gole
Composer: Pradip Chhetri
Lyricist: Surendra Thing

गायक: पवन गोले
सङ्गीत: प्रदीप छेत्री
शब्द: सुरेन्द्र थिङ
गायक पवन गोले "हावासँगै उडूँ भन्छ" गीतबाट नेपालीभाषी संगीत जगतमा लोकप्रिय बन्नुभएको हो तर उहाँका अरु गायन पनि त्यत्तिकै मनमोहक छन् ।
Lyrics
Nepali
Transliterated

खोजीरहेछु एउटा घर
खोजीरहेछु एउटा घ
मेरो घर, आफ्नो घर
जलि रहेको मनलाई छाहारी दिने एउटा घर
मेरो घर, आफ्नो घर
खोजीरहेछु एउटा घर

थाकेको उकाली यात्राले, मलाई घर लैजा भन्छ
थाकेको उकाली यात्राले, मलाई घर लैजा भन्छ
सहर बल्छ बत्ती भएर सपना घर फर्कि जा भन्छ
सोधिरहेछु सबलाई मेरो घर आफ्नो घर
खोजीरहेछु एउटा घर

खुसीको खबर पहिले नै घरलाई सुनाउन जा भन्छ
खुसीको खबर पहिले नै घरलाई सुनाउन जा भन्छ
हार्दै जितेको कुरापनि घरलाई नै भन्न जा भन्छ
बनाउँ भन्छु एउटा घर मेरो घर आफ्नो घर
खोजीरहेछु एउटा घर
खोजीरहेछु एउटा घर
मेरो घर आफ्नो घर
जलि रहेको मनलाई छाहारी दिने एउटा घर
मेरो घर, आफ्नो घर
खोजीरहेछु एउटा घर