Kina Bolnu - Suman Thapa
किन बोल्नु - सुमन थापा
Recorded live during 'Paleti with Suman Thapa: Songs of Vision - October 2019'
Lyrics
Nepali
Transliterated

किन बोल्नु बोल्दिन म, बोल्छ आँखाले
पत्तै नपाई यो मनपेट खोल्छ आँखाले

मन परे भुइँभरि आँखा लजाउँछ
मन नपरे आँखाले नै आँखा डढाउँछ
मनमा गढे नौलाख तारा गन्छ आँखाले
नबोलेरै खास कुरा भन्छ आँखाले

नदेखे झैँ गरी उनले पारी पारी हेरे पनि
नदेखे झैँ गरी मैले कुम ठोसे पनि
कुन बाटो कहाँ पुग्ने लान्छ आँखाले
अप्ठ्यारोमा हात समाई तान्छ आँखाले