Kinara Bhetna - Tara Thapa
किनार भेट्न - तारा थापा
Recorded live during 'Paleti with Tara Thapa - July 2011'
Singer: Tara Thapa
Composer: Gopal Yonjan
Lyricist: Man Bahadur Mukhiya

सङ्गीत: गोपाल योन्जन
शब्द: मनबहादुर मुखिया
Lyrics
Nepali
Transliterated

किनार भेट्न खोज्दै लहर भित्र डुबी सके
पछ्यौरीको सप्को भित्र आँशु मेरा सुकिसके

खाली खाली सिँउदो तर हृदय भित्र सिंदुर पर्यो‌
भावनाको चँगा किन काटिएर भुइमा झर्यो
विधवाको पोते झै रहरू टुटी सके
पछ्यौरीको सप्को भित्र आँशु मेरा सुकिसके

सूर्यमुखि फुल बनी हाँसी रहे बेग्ला बेग्लै
ज्वालामुखी बनी आज जल्दै छु म एक्लै एक्लै
उन्दा उन्दै माला मैले फुलहरु सुकिसके
पछ्यौरीको सप्को भित्र आँशु मेरा सुकिसके