कुञ्जमा गुञ्जियो, स्वर कोइलीको
वासना छरियो, बेली चमेलीको।
हराभरा यो वाटिकामा हो, तार मन बिणाको आफैं लौ झन्कियो
दूर दूर यो आवाज हो पवनको गतिमा आकाशीने भो।
हर्षको आँसु मेघ झर्ने भो
नींदरा हरायो, मेरो परेलीको
क्षितिजमा हो जून डुबेको गोधूलीमा हो पक्षी लुकन गो,
पूर्णचन्द्रको मुस्कान भो बसुधामा हो ज्योति पोखियो
मायाको बन्धन नचुँडीने भो
ताराले श्रिङ्गार्यो, माथ उजेलीको
कुन्जमा गुन्जीयो, स्वर कोइलीको हे
वासना छरियो, बेली चमेलीको