La Hai Malai Guransle - Daisy Baraili
ल है मलाई गुराँसले - डेजी बराइली
Recorded live during 'Paleti with Daisy Baraili - April 2010'
Singer: Daisy Baraili
Composer: Chandan Lomjel
Lyricist: Surendra Thing

शब्द: सुरेन्द्र थिङ
Lyrics
Nepali
Transliterated

ल है मलाई गुराँसले सुहाउँछ
ल है मलाई झरनाले नुहाउँछ
बादलले पछ्यौरी ओढाउँछ
मलाई बतासले उडाउँछ
गोरी गोरी पहाडकी छोरी
गोरी गोरी पहाडकी छोरी म
मलाई शीरबन्दीले चिनाउँछ
मलाई चौबन्दीले सजाउँछ

पीर दिन आउनेलाई पूmल टिपी दिउँला
उज्याले न देख्नेलाई घाम मागी दिउँला
कर्म सम्झी रुनेलाई आसुँ पुछी दिउँला
मन मिल्ने साथीलाई ज्यानै पनि दिउँला
बनपाखा डाँफे मुनाल मलाई खोज्न धाउँछ
गोरी गोरी पहाडकी छोरी
गोरी गोरी पहाडकी छोरी म
मलाई शीरबन्दीले चिनाउँछ
मलाई चौबन्दीले सजाउँछ

चरीसंगै डाली डाली मन खोली घुमौला
खहरेको त्यो पानीले चैते मन भिजाउँला
संगीनीको भाकाले गाउँबेसी रमाउँला
चुरा बजाई छम्छम् सोरेठीमा नाचौंला
सैलुङटारको लिङ्गेपिङ् मलाई झुलाउँन आउँछ
गोरी गोरी पहाडकी छोरी
गोरी गोरी पहाडकी छोरी म
मलाई शीरबन्दीले चिनाउँछ
मलाई चौबन्दीले सजाउँछ