Laddai Paddai - Madan Krishna Shrestha
लड्दै पड्दै - मदन कृष्ण श्रेष्ठ
Recorded live during 'Paleti with Madan Krishna Shrestha - August 2008'

सङ्गीत: यमन श्रेष्ठ
लड्दैपड्दै सम्हालिदै पनि जिन्दगी त चलेकै छ
Lyrics
Nepali
Transliterated

लड्दै पड्दै समहालिँदै पनि
जिन्दगी त चलेकै छ
जिन्दगी त चलेकै छ

यताउती दगुर्दै पातमा सानो किरा
खोलाको बीचबाट बगिरहेछ बगी नै रहेछ
छालले ननिलुन्जेल पात नडुबुन्जेल
जिन्दगी त चलेकै छ
जिन्दगी त चलेकै छ
लड्दै पड्दै समहालिँदै पनि
जिन्दगी त चलेकै छ
जिन्दगी त चलेकै छ

सल्केको आगो बोकी नदि छेऊ एउटा रूख
बगेको पानी हेरी जिई रहेछ जली नै रहेछ
जलन सहन सकुन्जेल भुईंमा नढलुन्जेल
जिन्दगी त चलेकै छ
जिन्दगी त चलेकै छ
लड्दै पड्दै समहालिँदै पनि
जिन्दगी त चलेकै छ
जिन्दगी त चलेकै छ