लेकका हामी केटाकेटी
कुहिरो भित्र इस्कुल छ
चौरीलाई चराउँदै दिन बित्छ
पढ्नु र लेख्नु मुस्किल छ
हिउँमा कोरेको अक्षर त
एकछिनमा बिलाई जाइजान्छ
दिनभरि हेर्नु छ गाईबस्तु
नहेरे भालुले खाइजान्छ
नागीमा उडेको धुवाँ त
बादल बन्न जाइजान्छ
बादलको अक्षर आकाशमा
देखेर यो मन कल्पन्छ
कलमले लेख्ने मन थियो
हिउँले पो औंला खाइदियो
कुहिरोमा लुकेको इस्कुलले
टाढै बसेर चियायो