Lekhe Pani - Kumar Subba
लेखे पनि - कुमार सुब्बा
Recorded live during 'Paleti with Kumar Subba - May 2008'
Singer: Kumar Subba
Composer: Kumar Subba
Lyricist: Bhupal Rai

शब्द: भूपाल राई
Lyrics
Nepali
Transliterated

लेखे पनि तिमी नै, मेटे पनि तिमी नै
मैले आँखा खोलेदेखि चिम्लेसम्म तिमी नै

को हो नगीच को हो पराइ सबको रगत रातो हुन्छ
साइनोमा रगत भन्दा भावना पो तातो हुन्छ
भाव पनि तिमी नै अभाव पनि तिमी नै
मैले केही सम्झेदेखि बिर्सेसम्म तिमी नै
लेखे पनि.........

ऋतु फेर्ने मनकारीको रातहरु चोरी हुन्छ
सपनाको अर्थ दिंदादिंदै मेरो भोलि हुन्छ
साँचे पनि तिमी नै मासे पनि तिमी नै
मैले सबै जोडेदेखि तोडेसम्म तिमी नै
लेखे पनि.........