Ma Bhani Bacheko - Prakash Gurung
म भनी बाँचेको - प्रकाश गुरुङ
Recorded live during 'Paleti with Prakash Gurung - October 2006'
Composer: Prakash Gurung
Lyricist: Chandra Sewa
Original Singer: Om Bikram Bista

शब्द: चन्द्र सेवा
मूल गायन: ओम विक्रम विष्ट
संगीतकार प्रकाश गुरुङ नेपाली आधुनिक संगीतमा रदमिक विविधता खेल्न सिपालु साधक हुनुहुन्छ । पलेँटीको अभिलेखमा उहाँका रचनाहरू सँग्रहित गरेर श्रोता, दर्शक बीच बाँड्न पाउनु हाम्रो लागि कम्ता गर्वको विषय होइन !
Lyrics
Nepali
Transliterated

म भनी बाँचेको प्रिय तिमी बाँच सदालाई
हृदयको गहिराइमा
नआऊ जाली संसारमा, जहाँ तिमीलाई
बचाउन सक्दिन

आँधी होला तुफान होला
हुरी झरी शीत पनि
बचाउँ कसरी तिमीलाई मैले
जानिन प्रकृतिको प्रहार मैले

इर्शा होला जलन होला
दुःख कष्ट बेदना पनि
बचाउँ कसरी तिमीलाई मैले
जानिन तापको प्रहार मैले