Ma Bhatkeko Manchhe - Prakash Gurung
म भत्केको मान्छे - प्रकाश गुरुङ
Recorded live during 'Paleti with Prakash Gurung - October 2006'
Composer: Prakash Gurung
Lyricist: Kali Prasad Rijal

शब्द: काली प्रसाद रिजाल
Lyrics
Nepali
Transliterated

म भत्केको मान्छे, म बिग्रेको मान्छे
मेरो छाँया पर्ला, नजिकमा नआऊ
म घाउः नै घाऊले, दुःखेको मान्छे
मेरो घाऊ सर्ला, नजिकमा नआऊ
म भत्केको मान्छ ...

तिमी अप्सरा रुप यौवनकी रानी
अनि शिलशोभा र लछिनकी खानी
म कालो नराम्रो घिनै लाग्दो मान्छे
मेरो कालो सर्ला, नजिकमा नआऊ

तिमी शौखमा हुर्किएकी किशोरी
ठूलो नाम तिम्रा घरानाकी छोरी
म बदनाम मान्छे, तिरस्कृत मान्छे
फेरि गाल पर्ला नजिकमा नआऊ
म भत्केको मान्छे ...