Ma Jindagibhar - Robin Sharma
म जिन्दगीभर - रविन शर्मा
Recorded live during 'Paleti with Robin Sharma - May 2010'
Singer: Robin Sharma
Composer: Shiva Shankar
Lyricist: Yadav Kharel

सङ्गीत: शिव शंकर
शब्द: यादव खरेल
Lyrics
Nepali
Transliterated

म जिन्दगीभर हिंडिरहें, तर कहीं पनि पुगिनछु
आज थाहा भयो मलाई, जहाँ थिएँ त्यही रहें

म हुरी भई हिडें, बतास भई हिडें
कति पटक निरासामा हतास भई हिडे
म पहाडमा हिडें, भीरैभीरमा हिडें
म सफलताको तिरतिरमा हिडें
तर कहीं पनि पुगिनछु

म जोशमा हिडें, कुदाईमा हिडें
झुक्किएर अरुको जुधाईमा हिडें
म खुशीले हिडें, करैकरमा हिडें
कही आफ्नो, कही अरुको भरले हिडें
तर कहीं पनि पुगिनछु

म रातमा हिडें, साँझमा हिडें
कति पटक भुमरीको माझैमाझमा हिडें
म आसले हिडें, त्रासैत्रासले हिडें
सारा उमेर म केवल आभासमा हिडें
तर कहीं पनि पुगिनछु