Ma Phool Thiye - Kumar Subba
म फूल थिएँ - कुमार सुब्बा
Recorded live during 'Paleti with Kumar Subba and Karma Yonjan - May 2006'
Singer: Kumar Subba
Composer: Gopal Yonjan
Lyricist: Gopal Yonjan

सङ्गीत: गोपाल योन्जन
शब्द: गोपाल योन्जन
संगीतकार गोपाल योञ्जन दार्जिलिङमा रहँदा उनका मनपर्ने गायक थिए- कुमार सुब्बा । कुमारलाई गोपालका नयाँ सृजनाहरू कण्ठस्थ हुनेरैछ । त्यही भएर कुमार सुब्बालाई गोपाल योञ्जनको टेप रेकर्डसमेत भनिन्थ्यो रे !
Lyrics
Nepali
Transliterated

म फूल थिएँ तर मेरो पराग नै थिएन
मान तिमीलाई पाउने मेरो भाग नै थिएन

ती तिम्रा न्याना ओठहरू मेरैलागि खुला थिए
ती ओठलाई सिँहार्ने मेरो आँट नै थिएन
ती खाली खाली अँजुली मलाई केही माग्दथे
ममा भने यौवन जोश, होस नै थिएन
मान तिमीलाई पाउने मेरो भाग नै थिएन

के बाँच्दथ्यौ ममा अरु कसैको आश विश्वासहरू
आफैँलाई आफैँसम्मको विश्वास नै थिएन
बजे घडी हातभरिका सुनाउँदा नै बुझाउँदा नै
तिमीसित बिताउने कुनै घडी नै थिएन
मान तिमीलाई पाउने मेरो भाग नै थिएन