Ma Samjhanthe - Prakash Gurung
म सम्झन्थेँ - प्रकाश गुरुङ
Recorded live during 'Paleti with Prakash Gurung - October 2006'
Composer: Prakash Gurung
Lyricist: Krishna Sitaula
Original Singer: Om Bikram Bista

शब्द: कृष्ण सिटौला
मूल गायन: ओम विक्रम विष्ट
Lyrics
Nepali
Transliterated

म सम्झन्थें मलाई मात्रै हो कि प्रीति बिझाएको
तिम्रै पनि उही कथा व्यथा आखिर उस्तै सुन्छु
तीता मीठा सारा सारा कुराहरू भुल्दो रहेछ मायालु
सारो रैछ प्रीति कथा हो भुल्न मेरी मायालु

मेरा लागि तिम्रो दिलमा दिल अट्ने जग्गै जग्गै भएन
तिम्रो लागि मूर्ति बनें सास फेर्ने मानिस मानिस होइन
बेला भैगो फेरि तिम्रै छेउमा अब के बस्नु भन्दा
भलो सम्झी वेगै मारे के भूल यसमा
भन है भन मायालु
सारो रैछ प्रीति कथा हो भुल्न मेरी मायालु

मैले पनि तिमीलाई उस्तै सम्झी माया माया गर्थें
तिम्रो लागि कति बाधा कति अड्चन परपर सार्थें
मेरो पनि मुटु नै हो बिछोडिँदा दुख्ने नै भो
शीतल खोज्दै डुलिहिँडें के भूल मेरो
भन है भन मायालु
सारो रैछ प्रीति कथा हो भुल्न मेरी मायालु