म त बुन्थेँ तानमा हजुर रङ्गीचङ्गी धागो
मलाई हेर्दै उसले मनमा बुन्दो रै’छ पासो
म रोएँ कि रात रोयो नराखेर चासो
बिहान भो सधैँजस्तो बटुलेर खाँचो
तानधागोमा साटेँ हजुर मैले आफ्नो सास
अङ्गअङ्ग सुम्सुम्याउँदै कालोनीलो दाग
उज्यालोमा देखेभन्दा अँध्यारोमा अर्कै
हुँदो रै’छ मान्छे हजुर सोचेभन्दा बेग्लै
बाँच्नु भन्या मर्नु रै’छ, के पो भनूँ म खै ?
जे दिए नि गरिबलाई बैँस नदिए है