Ma Timro Janmadinmaa - Madan Krishna Shrestha
म तिम्रो जन्मदिनमा - मदन कृष्ण श्रेष्ठ
Lyrics
Nepali
Transliterated

म तिम्रो जन्मदिनमा हावा बनी
याद बनी शुभकामना लिई आउनेछु

तिम्ले गीत गाउँदा म नाँची आउनेछु
तिम्ले आँखा चिम्लिँदा म हाँसी आउनेछु
नपत्याए तिमी गीत गाइ हेर्नु
त्यो रसिलो आँखा चिम्ली हेर्नु
म त्यस शुभ दिनमा उमंग बनी
तरंग बनी शुभ सम्झना लिई आउनेछु

म याद बनेर सताउन आउनेछु
म हाँसो बनेर हँसाउन आउनेछु
नपत्याए मलाई सम्झी हेर्नु
एकपल्ट तिमी हाँसी हेर्नु
म त्यस शुभ दिनमा सुगन्ध बनी
पवन बनी सुबासना लिई आउनेछु

केही छैन प्रिय म के लिई आऊँ
खुशी भई लिनु है म जेसुकै ल्याउँ
मलाई मायाको डोरीले बेरी लिनु
एकपल्ट मलाई हेरी दिनु
म त्यो हँसिलो दिनमा
मुस्कान छरी मायाभरि
आफै उपहार बनी आउनेछु
म तिम्रो जन्मदिनमा हावा बनी
याद बनी शुभकामना लिई आउनेछु