माथिमाथि शैलुङ्गेमा चौंरी डुलाउनेलाई
हत्केलामा मायाको गुराँस फुलाउनेलाई
भन्दिनू है भन्दिनू है मेरो चुल्ठो खाली छ
उनको त्यो मनै जाली छ
कत्ति खोज्छन् बिनायो रानी मालिङ्गोका
कत्ति हेर्छन् तामाङ सेलो डाँफे मुनालका
यसो यता नहेरेर मलाई सताउनेलाई
भन्दिनू है भन्दिनू है मेरो जोवन थाती छ
उनको त्यो मनै जाली छ
मैलेजति मारुनी कल्ले नाचेको छ
कुमारीको बैंशजस्तो कुन फूल हाँसेको छ
जानीजानी यस्तो बेला मलाई रुवाउनेलाई
भन्दिनू है भन्दिनू है मेरो आँसु साक्षी छ
उनको त्यो मनै जाली छ