Maatle Chhoyo Ki - Prakash Gurung
मातले छोयो कि - प्रकाश गुरुङ
Recorded live during 'Paleti with Prakash Gurung - October 2006'
Composer: Prakash Gurung
Lyricist: Prakat Pageni

शब्द: प्रकट पगेनी
Lyrics
Nepali
Transliterated

मातले छोयो कि के भो अक्कासिँदै छ यो मन
कही पो फस्यो कि के भो निस्सासिँदै छ यो मन
मातले छोयो कि ...

खोजेको छैन बाँच्न सपना हराई सारा
रोजेको छैन भाग्न आफन्त देखि टाडा
भत्क्यो कि छाती के भो हत्तासिँदै छ यो मन
कहि पो फस्यो कि ...

हूँदैन सोच्न भन्छु, शंका थरी थरीका
हूँदैन राख्न भन्छु, चिन्ता वरिपरिका
चुड्यो कि धागो के भो ? बत्तासिँदै छ यो मन
कहि पो फस्यो ...