Madira Napiun Ta - Phatteman
मदिरा नपिऊँ त - फत्तेमान
Recorded live during 'Paleti with Phatteman - July 2010'
Singer: Phatteman
Composer: Phatteman
Lyricist: Kali Prasad Rijal

सङ्गीत: फत्तेमान
शब्द: काली प्रसाद रिजाल
Lyrics
Nepali
Transliterated
Translated

मदिरा नपिउँ त के पिउँ विष पिउने आँट भएन
बेहोश नभई एक क्षण पनि जिउने आँट भएन

रहरले होइन उनकै यादले मलाई पिलाउँछ
उनले गरेको विश्वासघातले मलाई पिलाउँछ
यति मात्र होइन हर दिनरातले मलाई पिलाउँछ
यति घाउ छन् कि मनमा कहीँ सिउने आँट भएन

अब त लौ कसैले साथ दिने आश पनि गो
प्याला समाउने हातमा हात दिने आश पनि गो
वसन्तले फूल त के पात दिने आश पनि गो
यति पीर छन् कि होशमा अब रुने आँट भएन