Maile Pundye Man Paraye - Suraj Kumar Thapa
मैले पुण्य मन पराएँ - सुरज कुमार थापा
Recorded live during 'Paleti with Ram Man 'Trishit' - July 2009'
Composer: Gopal Yonjan
Original Singer: Narayan Gopal

सङ्गीत: गोपाल योन्जन
मूल गायन: नारायण गोपाल
Lyrics
Nepali
Transliterated

मैले पुण्य मन पराएँ या पाप मन पराएँ
जे होस मैले तिमीलाई चुपचाप मन पराएँ

जब फूल र काँडा दुईटा सँगै रमाउन सक्छ
जब दागको रङ्गमा पनि टिका समाउन सक्छ
नसोध मैले वरदान या श्राप मन पराएँ
जे होस मैले तिमीलाई चुपचाप मन पराएँ

तिमीसँग लिनु पनि छ तिमीलाई दिनु पनि छ
हाम्रो हिसाब-किताबमा सच्याउनु पनि छ
यो हिसाब भुलेर तिमीलाई बेहिसाब मन पराएँ
जे होस मैले तिमीलाई चुपचाप मन पराएँ