Basanta Nai Basna Khojchha - Meena Niraula
बसन्त नै बस्न खोज्छ - मीना निरौला
Singer: Meena Niraula
Composer: Jayadev
Lyricist: Kiran Kharel
Original Singer: Aasha Bhosle

सङ्गीत: जयदेव
मूल गायन: आशा भोस्ले
Lyrics
Nepali
Transliterated

बसन्त नै बस्न खोज्छ यहाँ लोलाएर
यो हो मेरो प्राणभन्दा प्यारो
माईतीघर माईतीघर माईतीघर

एउटा फुल फुले यहाँ धर्ती मग्मगाउछ
एउटा बत्ती बले यहाँ जगत जग्मगाउछ
सुखशान्ती मुस्काउछ यहाँ सधैँ भरी
लुकमारी खेल्छ जुन यहाँ रातै भरी
यो हो मेरो प्राणभन्दा प्यारो
माईतीघर माईतीघर माईतीघर

आकाशलाई छोएको छ मेरो हिमालले हिमालले
स्वर्गलाई लोभ्याउछ मेरो नेपालले नेपालले
मेरो प्रीत पलाउँछ सधैँ पहरामा
मेरो गीत सुसाउछ सधैँ छहरामा
यो हो मेरो प्राणभन्दा प्यारो
माईतीघर माईतीघर माईतीघर

यो देश हो प्रकृतिको शान्त फुलबारी
झर्छ जहाँ ईन्द्रधनुष स्वर्ग माया मारी
कोपिलाको काखमा काउकुती लाई
खेली रन्छ झुल्के घाम बिहान नै आई
यो हो मेरो प्राणभन्दा प्यारो
माईतीघर माईतीघर माईतीघर