Makhamali Cholo - Meena Niraula
मखमली चोलो - मीना निरौला
Recorded live during 'Paleti with Meena Niraula: Celebrating Women in Nepali Music - February 2019'
Singer: Meena Niraula
Composer: Gopal Yonjan
Lyricist: Gopal Yonjan
Original Singer: Meera Rana

सङ्गीत: गोपाल योन्जन
शब्द: गोपाल योन्जन
मूल गायन: मीरा राणा
Lyrics
Nepali
Transliterated

मखमली चोलो चाहिँदैन
रेसमको सारी चाहिँदैन
नाकैमा फुली नि कानैमा ढुंग्री
चहिँदैन मलाई चाहिँदैन
म त सानी सानी पहाडकी नानी
चोखो छ मेरो जवानी

छोडेर जान्न जन्मेको गुँड
पखेटा लाग्दैमा
भुलेर जान्न एैसेंलुघारी बगैँचा पाउँदैमा
अत्तरको बास चाहिँदैन गुराँसकै लाली चाहिँदैन
पहाडी रुप रङ्ग छ आफ्नै ब्यर्थैको श्रृङ्गार चाहिँदैन
म त सानी सानी पहाडकी नानी
चोखो छ मेरो जवानी

मागेर खान्न झुकेर खान्न खोसेर खाँदिन
दुई हातको कमाई ठिक्क छ मलाई केही भर चाहिँदैन
सुनको गहना चाहिँदैन हिराको हार चाहिँदैन
नक्कली हैन यो मेरो जोवन नक्कली माया चाहिँदैन