Malai Ta Jindagile - Madan Krishna Shrestha
मलाई त जिन्दगीले - मदन कृष्ण श्रेष्ठ
Recorded live during 'Paleti with Madan Krishna Shrestha - August 2008'
Lyrics
Nepali
Transliterated

मलाई त जिन्दगीले कति कति हँसायो
कैले आशा बर्साइ हँसायो कैले धोका बर्साइ हँसायो
मलाई त जिन्दगीले कति कति हँसायो

यी बन पाखा पर्वत यी खोला नाला
सबै शान्त लाग्थ्यो म सानु छँदा
बाढी पहिरो आँधी यी भूमरीहरू
केही पत्तो थिएन म जन्मी रुँदा
को मानव को दानव चिनेकै थिएन
सबै प्यारो लाग्थ्यो मलाई त
मलाई त मेरै विश्वासले गिज्याइ गिज्याइ हँसायो
कैले मान्छे नचिनाइ हँसायो कैले दुनियाँ चिनाइ हँसायो
मलाई त जिन्दगीले कति हँसायो हँसायो

सुनेको थिएँ धेरै सुख मिल्छ कसैका लागि केही दिँदा
बरबादी पाएँ बदनामी पाएँ दुनियाँका लागि जीवन दिँदा
विधाताले किन आँखा चिम्ली दिन्छन् निर्दोष बलीका बोका रुँदा
मलाई त मेरै भगवानले रेटी रेटी हँसायो
कैले जनम दिइ हँसायो कैले जलन दिइ हँसायो
मलाई त जिन्दगीले किसिम किसिमले हँसायो
कैले आशा बर्साइ हँसायो कैले धोका बर्साइ हँसायो
मलाई त जिन्दगीले कति कति हँसायो