Manchhe Sabai - Daisy Baraili
मान्छे सबै - डेजी बराइली
Recorded live during 'Paleti with Daisy Baraili - April 2010'
Singer: Daisy Baraili
Composer: Sharan Pradhan
Lyricist: Sharan Pradhan
Original Singer: Aruna Lama

सङ्गीत: शरण प्रधान
शब्द: शरण प्रधान
मूल गायन: अरूणा लामा
Lyrics
Nepali
Transliterated

मान्छे सबै एउटै रगतको
विचार किन बेग्ला बेग्लै?
सबको एउटै इश्वोर हो तर
मुर्ति किन बेग्ला बेग्लै?
मान्छे सबै एउटै रगतको

यहि संसारलाई यी मान्छेले
स्वर्ग पनि देखि दिन्छ
यहि मान्छेको तेही आँखामा यो
संसार नै सपनी भैदिन्छ

मान्छे सबको दुई आँखामा
दृष्टि किन बेग्ला बेग्लै?
सबको जीवनको रुप एउटै
आकार किन बेग्ला बेग्लै?
मान्छे सबै एउटै रगतको

मान्छे सुखीहरुलाई यहाँ
सुखले नै पछ्याइदिन्छ
लाखौ दुखिहरुलाई चै किन
पिर अनेक रोगले सताऊछ ?

पिरको बोझ सबलाई एउटै
व्यथा किन बेग्ला बेग्लै?
सबको धर्ति एउटै भन्छ
आगन किन बेग्ला बेग्लै?
मान्छे सबै एउटै रगतको