Manchheko Maya Yaha - Meena Niraula, Suraj Kumar Thapa
मान्छेको माया यहाँ - मीना निरौला, सुरज कुमार थापा
Recorded live during 'Paleti with Ram Man 'Trishit' - July 2009'
Composer: Shiva Shankar
Original Singer: Narayan Gopal, Gyanu Rana

सङ्गीत: शिव शंकर
मूल गायन: नारायण गोपाल, ज्ञानु राणा
Lyrics
Nepali
Transliterated

युवक- मान्छेको माया यहाँ खोलाको पानी जस्तो
किनारालाई छोई भाग्ने, लहरेको बानी जस्तो
युवती- मान्छेको माया यहाँ आँखाको नानी जस्तो
यो रात फकाई आउने सुन्दर बिहानी जस्तो

युवक- माया त जोवनको आवेश मात्र नै हो
तिर्खाको राम्रो अर्को एक भेष मात्र नै हो
युवती- तिम्रो हेराईमा केबल आँखा छ मुटु छैन
युवक- तिम्रो बोलाईमा स्वर छ ढुकढुकी केही छैन
मान्छेको माया यहाँ खोलाको पानी जस्तो
किनारालाई छोई भाग्ने, लहरेको बानी जस्तो

युवती- मायाको विशालता यो आकाश धर्ती नै हो
माया त साँच्ची सुन्दर आत्माको मुर्ति नै हो
सुन्दर आत्माको मुर्ति नै हो
युवक- तिमी पानीलाई आकार दिने कोशिस नगर
युवती- तिमी हावालाई सद्भाव दिने कोशिस नगर

दुबै- मान्छेको माया यहाँ खोलाको पानी जस्तो
किनारालाई छोई भाग्ने, लहरेको बानी जस्तो