Manka Sabai - Robin Sharma
मनका सबै - रविन शर्मा
Recorded live during 'Paleti with Robin Sharma - May 2010'
Singer: Robin Sharma
Composer: Ram Thapa
Lyricist: Krishna Hari Baral

सङ्गीत: राम थापा
शब्द: कृष्ण हरि बराल
Lyrics
Nepali
Transliterated

मनका सबै बोझहरु बिसाईदेउ न बिन्ति
रिसाउँदा झनै राम्री रिसाईदेउन बिन्ति

गुलाबी ति गाला भरि अझ लाली छाओस
आँखा भरि जवानीको नशा सल्बलाओस
अर्ध मौन ओठहरु फुकाई देउन बिन्ति

बादलु केशहरु हिमालमा छर्दै
हृदयमा फ़ुल्छौ तिमि बाहिर आँखा तर्दै
यस्तो कला मलाई पनि सिकाईदेउ न बिन्ति