Maya Garnu Pap Ho Bhane - Yogesh Vaidya
माया गर्नु पाप हो भने - योगेश वैद्य
Recorded live during 'Paleti with Yogesh Vaidya - March 2009'
Singer: Yogesh Vaidya
Composer: Shiva Shankar
Lyricist: Kiran Kharel

सङ्गीत: शिव शंकर
Lyrics
Nepali
Transliterated

माया गर्नु पाप हो भने पूण्य के हो बुझ्न सकिन
को मानिस हो को राक्षस हो मैले कोही चिन्न सकिन

सबका आँखा सबका अनुहार निर्दोश जस्ता देखिन्छन्
सबका ईच्छा सबका समस्या आफ्नै जस्ता देखिन्छन्
सबको आँखा धोका हो भने सत्य के हो बुझ्न सकिन
को मानिस हो को राक्षस हो मैले कोही चिन्न सकिन

हर मान्छेका आँसुहरू निर्मल हुन्छन् भन्थेँ म
हर मुटुको धुकधुकीमा ईश्वर बोल्छन भन्थेँ म
सबको आँसु विष हो भने अमृत के हो बुझ्न सकिन
को मानिस हो को राक्षस हो मैले कोही चिन्न सकिन