मेरा आँखा आँसु झार्छन् तिम्रालागि पानी
भैँचालोले नपत्याको मेरो जिन्दगानी
मर्नु पर्ने बाँचिएछ बाँच्न खोज्ने मरे
हाँस्ने रहर नहुनेले केलाई बाँच्नु अरे
गुराँस फुल्ला, धुपी फुल्ला, उन्यूसमेत फुल्ला
बाँच्न जान्ने भमरो हो तिनै फूलमा भुल्ला
आफ्नो एउटै कोपिला थ्यो फुलेको थ्यो साँझ
मेरो जून डुबी सक्यो चिहानडाँडा माझ
यी आँखाले आँसु झार्दा कसलाई भयो हानी
भैँचालोले माफी देको मेरो जिन्दगानी