Merai Himaal Jasto - Meena Niraula, Yogendra Upadhyay
मेरै हिमाल जस्तो - मीना निरौला, योगेन्द्र उपाध्याय
Recorded live during 'Paleti with Tirtha Shrestha: Paleti with Songs and Poems of Tirtha Shrestha - September 2019'
Singer: Meena Niraula, Yogendra Upadhyay
Lyricist: Tirtha Shrestha
Original Singer: Som Bajracharya, Ajuda Thapa, Bidhya Adhikari

गायक: मीना निरौला, योगेन्द्र उपाध्याय
शब्द: तीर्थ श्रेष्ठ
मूल गायन: सोम वज्राचार्य, अजुदा थापा, विद्या अधिकारी
Lyrics
Nepali
Transliterated

मेरै हिमाल जस्तो हेरिरहूँ पोखरा
मेरै ताल जस्तो बगिरहूँ पोखरा

तालको छाल हो कि हिमालको घाम हो
शरदको सयपत्री कि बसन्तको याम हो
सधैँ मुस्कराई रहने आमा जस्ती पोखरा
मेरै सराङकोट जस्तो उभिरहूँ पोखरा

सेतीको गुनगुन हो कि रुपाको रङ्ग हो
वेगनासको गीत हो कि फेवाको तरङ्ग हो
मेरै माछापुछ्रे जस्तो स्वाभिमानी पोखरा
मेरै गाउँ जस्तो हेरिरहूँ मेरै पोखरा

सोरठी स्वर हो कि बालुनको कथा हो
मादलको ताल हो कि सारङ्गीको व्यथा हो
आफ्नै संस्कृतिको प्रतिबीम्ब पोखरा
मेरै सारङ्गी जस्तो बजिरहूँ पोखरा