Merai Srijana - Robin Sharma
मेरै सृजना - रविन शर्मा
Recorded live during 'Paleti with Robin Sharma - May 2010'
Singer: Robin Sharma
Composer: CK Rasaili
Lyricist: Neer Shah

सङ्गीत: सिके रसाइली
शब्द: नीर शाह
Lyrics
Nepali
Transliterated

मेरै सृजनाको संसारमा सम्मानहरु कसैको तिरस्कार मेरो
मैले जितेका प्रतियोगितामा न त मान मेरो, न त नाम मेरो, न त पुरस्कार मेरो
न त पुरस्कार मेरो

स्याहार सुसार प्रेमले मैले उमारेको बोटका फुलहरु अरुको केबल पात मेरो
मेरो प्रेमको संसारमा माया अरु कसैको प्रितिहरू अरुको केवल घात मेरो
केवल घात मेरो

पाताल होस् वा स्वर्ग नै मैले पाएको पर्यावरणमा, हावा पानी अरुको केबल ढंग मेरो
मेरो जीवनको कथाभरि जीवनका सम्पूर्ण मिठासहरु अरुको, केबल तरंग मेरो
मेरै सृजनाको संसारमा सम्मानहरु कसैको तिरस्कार मेरो