Meri Raani - Kumar Subba
मेरी रानी - कुमार सुब्बा
Recorded live during 'Paleti with Kumar Subba - May 2008'
Singer: Kumar Subba
Composer: Gopal Yonjan
Lyricist: Gopal Yonjan

सङ्गीत: गोपाल योन्जन
शब्द: गोपाल योन्जन
Lyrics
Nepali
Transliterated

मेरी रानी फर्की आउला भन्दा भन्दै मैले
छाती भरी पीरतिको फूल गुथी राखें

रातभरि याद आयो यादै साँची राखें
बिहान पनि होला भनी आँशु थामी राखें
मेरो माया बस्न आउला भन्दाभन्दै मैले
चर्र्किएको मुटुु पनि जोडीजोडी राखें
मेरी रानी फर्की.......

झरी जस्तो झरिनं म आँशु जस्तो पग्लिनं
पर्वतको छोरो जस्तो क्षितिज हेरी रहें
ढुङ्गा जस्तो जमीन म पत्कर जस्तो उडिनं
अजम्बरी फूल जस्तो वास्ना साँचि राखें
मेरो आत्मा फर्की आउला भन्दा भन्दै मैले
माटो जस्तो देह पनि पालिपालि राखें
मेरी रानी फर्की.......